
१४ मंसिर, काठमाडौं । सरकारले कतार सरकारले दिएका ३ वटा मर्सिडिज बेन्च कार उपहार स्वीकार गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । यस्तै बैठकले नेपाल सरकार कार्यसम्पादन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय भएको छ ।
अर्थ मन्त्रालयको पस्तावमा नवौं प्रवर्तन सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि स्वीकृत गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस