
१४ मंसिर, काठमाडौं । सरकारले मौरिससका एक नागरिकलाई देशनिकाला गर्ने निर्णय गरेको छ ।
हालै बसेको मन्त्रिपरिषद बैठकले गैरकानूनी रुपमा नेपाल बसेको भन्दै मौरिससका राहुल पुन्चुलाई बुझाउनुपर्ने विलम्ब शुल्क ६ हजार १ सय ६० अमेरिकी डलर र जरिवाना २५ हजार रुपैयाँ मिनाहा गरी देशनिकाला गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस