समाचार

बारामा साढे २ किलो बढी लागुऔषधसहित २ जना पक्राउ

aafim sahiit pakrau

१४ मंसिर, वीरगञ्ज । बारामा साढे दुई किलोभन्दा बढी अवैध लागूऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–१६ बस्ने दुर्गाबहादुर मोक्तान र रवी बहादुर सिंजाली मगर पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जमा प्राप्त विशेष सूचनाको आधारमा प्रहरीले कोल्हबी नगरपालिका–६ प्रसौना बजारस्थित चोकबाट उनीहरुलाई पक्राउ गरेको थियो । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय वीरगञ्जबाट प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनी सहितकोे टोली र इलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको संयुक्त प्रहरी टोली खटिएको थियो ।

नम्बर नखुलेको मोटरसाइकलमा आएका उनीहरुको शरीर चेक जाँच गर्ने क्रममा लुकाएर ल्याएको २ किलो ७ सय ग्राम अवैध लागूऔषध अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेको दुई जनालाई बारा जिल्ला अदालतबाट आज ६ दिनको म्याद थप गराई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस