१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे एकदिने नेपाल भ्रमण पुरा गरेर फर्किएका छन् ।
आइतबार साँझ एयर चाइनाको विमानमार्फत उनी फर्किएका हुन् । २० सदस्यिय डेलिगेशन टिमसहित नेपाल आएका फेंग्हेलाई गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । फर्किदा पनि गृहमन्त्री थापाले नै विदाइ गरेका थिए ।
रक्षामन्त्री फेंग्हे एकदिने नेपाल भ्रमण सकेर पाकिस्तान भ्रमणका लागि निस्केका हुन् । चिनियाँ रक्षमन्त्री फेंग्हेले प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।
कोभिड–१९ को जोखिमका कारण प्रभावित नेपाली सेनाको तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्न वेई फेंग्हे सहमत भएका छन् ।
प्रतिक्रिया दिनुहोस