समाचार

१२ लाख मूल्य बराबरको अलैंची बरामद

alaichi baramad

१४ मंसिर, वीरगञ्ज । प्रहरीले बाराबाट १२ लाख मूल्य बराबरको अलैंची बरामद गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा सवारी चेकजाँचको क्रममा सो मूल्य बराबरको अलैंची बरामद भएको हो ।

नारायणगढबाट काँकडभिट्टाका लागि छुटेको बसको छतमाथि कागज पत्र नभएको २६ बोरामा रहेको ६ सय किलो अलैंची बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रहरी चौकी पथलैयाको टोलीले शनिबार बरामद गरेको अलैंची आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डिएसपी मिश्रले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस