समाचार

स्थिरता र स्थायित्व नै समृद्धिको आधार हो : प्रदेश प्रमुख शेरचन

amik serchan

१४ मंसिर, लमजुङ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्थिरता र स्थायित्वले नै देश समृद्ध बन्ने बताएका छन् । जिल्लाको बेँसीशहर नगरपालिकाको बैठक कक्षमा आज आयोजना गरिएको भेटघाटमा प्रदेशप्रमुख शेरचनले स्थिरता र स्थायित्वका सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।

प्रमुख शेरचनले भने, “समृद्ध नेपाल राष्ट्रको एजेन्डा पूरा गर्न स्थिरता र स्थायित्व अनिवार्य छ ।” संविधानले विगतभन्दा धेरै अधिकार दिएको उल्लेख गर्दै प्रमुख शेरचनले भने, “जनता पछाडि परेको क्षेत्रलाई माथि उठाउनु जरुरी छ । सरकारले शिक्षा र  स्वास्थ्य क्षेत्रमा जोड दिनुपर्छ । नागरिक पछाडि पर्नुको कारणको खोजी गरी उनीहरुको आर्थिक अवस्था उकास्न जरुरी छ ।”

भेटघाटमा प्रतिनिधिसभाका सदस्य यशोदा सुवेदी, संविधानसभा सदस्य जमीन्द्रमान घले, प्रदेशसभा सदस्य मधु अधिकारी, प्रजिअ कृष्णप्रसाद शर्मा, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्र, राइनास नगरप्रमुख सिंहबहादुर थापा, क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घले, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङलगायत जिल्लास्थित कार्यालय प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस