समाचार

अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १७ घाइते

bus accident

१५ मंसिर, कैलाली । मंगलसेनबाट धनगढीतर्फ गइरहेको बस सोमबार मार्कुमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छ्न् । जिल्ला प्रशासन कार्यालयका अनुसार ना४ख ९९७२ नम्बरको यात्रुवाहक बस सोमबार बिहान भएको हो ।

दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालकसहित १८ जना सवार रहेको उक्त बस यान्त्रिक खराबी हुँदा सडकबाट खसेको प्रारम्भिक जानकारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरू सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक लोकेन्ऽ सिंह गुरुले बताए । बस साँपे-चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस