१५ मंसिर, रौतहट । डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरले सोमबार बिहानको राति करिब ३ लाख मूल्यबराबरको सालको काचो फल्ली बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला डिभिजन वन कार्यालयबाट गएको गस्ती टोलीले उक्त अवैध काठसहितको मिनिवस बरामद गरेको हो ।
जिल्लाको बाग्मती सवडिभिजन वन कार्यलय अन्तर्गतको क्षेत्रबाट ६० क्युफिट चिरान काठसहित बा १ ख ६४४२ नम्बरको मिनी बस बरामद गरिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिएका छन् ।
डिभिजन वन कार्यालय का अधिकृत रामप्रसाद साह ,मधुकान्त सिंह र बाग्मती डिभिजन वनका कर्मचारीको सक्रियतामा ४९ थान चिरान गोलिया बराद गरिएको प्रमुख सिंहले जानकारी दिए । बागमती खोलामा ट्युवमा बगाएर ल्याएर नुनथर क्षेत्रमा रातीको समयमा बसमा लोड गरेर लान लागेको अवस्थामा गस्ती टोलीले काठ बरामद गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । बरामद काठ र मिनी बस आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा लगिएको छ ।