समाचार

पहुँचका आधारमा विकास हुँदैन, आवश्यकताका आधारमा हुन्छ : मन्त्री अर्याल

Padma Aryal in Syangja Hospital

१५ मंसिर, काठमाडौं । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा विकास नहुने भन्दै आवश्यकताका आधारमा विकास हुने बताएकी छन् ।

सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी छन् । मन्त्री अर्यालले भनिन्, ‘पहुँचको आधारमा निवेदन चढाएको आधारमा विकास हुँदैन । जहाँ आवश्यकता छ त्यहाँ विकास हुन्छ ।’

वतर्मान सरकार नमुना सरकारको रुपमा अगाडि बढेको भन्दै उनले विगत भन्दा अहिलेको सरकार विकासको गतिमा हिँडेको बताइन् । विकासको वर्गिकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकार बीचको समन्वयमा विकास हुने उनको भनाई थियो । ‘सरकार तिव्र विकासको गतिमा हिँडेका छ । यो हामीले मात्र भनेका हौईनौँ यो त अन्तराष्ट्रिय मुल्याङकनले नै भनेको छ’, उनले भनिन् ।

आज स्वास्थ्य क्षेत्रमा ऐतिहासिक दिन भएको भन्दै मन्त्री अर्यालले देशभर एकैचोटी ३९६ वटा अस्पतालको शिलान्यास हुनु ऐतिहासिक घटना भएको बताइन् । जनप्रनिधि जनताको सेवक भएको बताउदै उनले सासंद, मेयर, वडा अध्यक्ष लगायतका सबै जनप्रतिनिधि जनताले नै चुनेर पठाएको बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस