समाचार

कृषि विकास बैंक लुटमा संलग्न खम्ब घले पक्राउ

khamba ghale

१५ मंसिर, काठमाडौं । कृषि विकास बैंकको लगईन युजरमा प्रवेश गरेर करिब पाँच करोड रुपैयाँ चोरी गर्ने समूहका खम्ब घलेलाई प्रहरीले पक्रेको छ ।

०७६ असोजमा घले सहितको समूहले कृषि विकास बैंकको लाहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गराए । मुख्य कार्यालय न्यूरोडबाट समेत व्यक्तिको खातामा अनधिकृत रुपमा ट्रान्सफर गरिएको थियो ।

धादिङ रुबिभ्याली गाउँपालिका घर भएका ५४ वर्षीय खम्ब घलेलाई आईतबार साँझ स्वयम्भुबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) ईश्वर कार्कीले बताए । लुटमा संलग्न श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ लगायत पक्राउ परिसकेका छन् ।

घलेलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको छ र अब संगठित अपराध सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धान हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस