
१५ मंसिर, काठमाडौं । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५३ को उपधारा १ को खण्ड ङ बमोजिम न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन् ।
सुनसरीको धरान निवासी वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम मंसिर १२ गते बसेको संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस