
१५ मंसिर, काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाकालागी सिफारिस भएका छन । सोमबार साँझ गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवाकालागी सिफारिस गरेको हो ।
एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदश्य र आईजीपी सदश्य सचिव रहने व्यवस्था छ । २०४३ सालमा करिब ५ वर्ष अदालतमा न्याय सेवामको अनुभव बटुलेर पोखरेलले २०४९ साल चैत १२ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
डीआईजी पोखरेलले नेपाल प्रहरी संगठनको प्राय सबै कार्यालयहरुको अनुभव सम्हालेका तालिम केन्द्र, एकेडेमी, गण, अपराध अनुसन्धान महाशाखा, महानगरीय ट्राफिक कार्यालय, काठमाडौंका प्रायः सबै युनिटको कमाण्ड सम्हालिसकेका छन् ।