अटो

प्रोटोन मलेसियाको शोरुम काठमाडौंमा, प्रोटोन सागा सेडान भित्रिदै

proton malaysia saga

१५ मंसिर, काठमाडौं । नेपाली बजारमा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोन (PROTON Malaysia)का गाडी औपचारिक रुपमा भित्रिने तयारीमा रहेका छन् । यसका लागि काठमाडौंको नक्साल गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक शोरुम सञ्चालनको अवस्थामा रहेको कम्पनीले जनाएको छ ।

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त भएको छ । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउने छ र छिट्टै नै शोरुम शुभारम्भ हुने कम्पनीले जनाएको छ ।

प्रोटोनको शोरुम आकर्षक स्पेस सहितको छ भने प्रोटोनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको छ । यसले नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै एक आकर्षक गन्तव्यको रुपमा समेत आफ्नो पहिचान कायम गर्ने विश्वास कम्पनीको छ ।

नेपाली बजारमा प्रोटोनको पहिलो उपहारको रुपमा प्रोटोन सागा सेडान उपलब्ध हुनेछ । त्यसपछि अन्य मोडलका सवारी साधन समेत विस्तारै उपलब्ध हुँदै जाने छन् । प्रोटोन मलेसियाको पहिलो र प्रतिष्ठित अटोमोबाइल कम्पनी हो ।

मलेसियाका लोकप्रिय प्रधानमन्त्री डा. महाथिर मोहम्मदको बेबी प्रोजेक्टको रुपमा यो कम्पनी विकसित भएको थियो । हाल प्रोटोनका सवारी साधन विश्वका विभिन्न भागमा रुचाइने लोकप्रिय सवारी साधनमा पर्छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस