समाचार

घुस लिएको अभियोगमा दुई जना प्रहरीविरुद्ध मुद्दा

ciaa akhtiyar nepal

१५ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खुर्द खजुरा बाँकेमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षक लुद्रबहादुर केसी र  प्रहरी हबल्दार राजेशबहादुर द्वाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार साबिक निजी जग्गामा रहेको आँपको काठ चिरान गर्न लैजाने प्रयोजनका लागि सेवाग्राहीसँग रु १३ हजार घुस लिएको आरोप लागेको छ ।

आयोगले बिगोअनुसारको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस