समाचार

प्रदेश नं १ मा थप २२६ जना कोरोना सङ्क्रमित, १०२ निको भए

pcr test lab

१५ मंसिर, काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा यो प्रदेशमा एक हजार ५३ जनाको पिसीआर परीक्षण गरिएकामा ९० महिलासहित २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ७६ मध्ये विराटनगरमा ४९, सुनसरीका ४८, झापाका ४५, ताप्लेजुङका २१, उदयपुरका नौ, इलाम र धनकुटाका पाँच/पाँच, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरका एक÷एक र प्रदेश बाहिरका १३ जना रहेका  छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार २६२ पुगेको छ । प्रदेशमा आज १०२ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २२ हजार २८५  पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ९१ हजार ४२६ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *