समाचार

बाँकेमा दुई समूहबीच झडप हुँदा १ जनाको मृत्यु , ९ जना घाइते

bead body tag

१६ मंसिर, बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं. ५ बनियाँ गाउँमा सोमबार बेलुका दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

झडपमा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) सुवास खड्काले जानकारी दिए ।

सोमबार साँझ पूर्णिमाको अवसरमा लागेको मेलामा ‘पुरानो विषय’लाई लिएर दुई समूहबीच विवाद भएको थियो । सो विवाद बढेर झडपको रुप लियो । दुई समूहबीच हानाहान हुँदा टाउकोमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको हो ।

त्यस्तै, घाइते ९ जनाको भेरी अस्पताल र नेपालगञ्ज नरसिंह कलेजमा उपचार भइरहेको छ । झडपमा सहभागी १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस