बैँक / वित्त

नेपाल बंगलादेश बैंकले ८.४२ प्रतिशत लाभांश दिने

nbb

१६ मंसिर, काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले  ८.४२ प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई सो लाभांश दिने भएको हो ।

बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश सेयरधनीले पाउनेछन् । मंसिर १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस