बलिउड / हलिउड

साउथ इण्डियन फिल्म अभिनेता विक्रमलाई घर बमले उडाउने धम्की

Vikram

१६ मंसिर, काठमाडौं । साउथ इण्डियन फिल्म उद्योगका अभिनेता चियान विक्रमलाई धम्की आएको छ। अज्ञात व्यक्तिले उनको घर बमले उडाउने धम्की दिएका हुन् ।

गत सोमवार विल्लुपुरमबाट एक अपरिचित व्यक्तिले फोन गरेर अभिनेता विक्रमको घरमा बम राखिएको बताएका थिए । सूचना पाएलगत्तै प्रहरी कुकुर र बम डिस्पोज टिमका साथ पुगेर अभिनेताको घरको खानतलासी गरेको थियो ।

तत्कालै पुलिसले धम्की दिने ब्यक्तिको समेत खोजतलास समेत गरेको थियो । सो क्रममा विल्लुपुरम नामका एक ब्यक्तिले सो धम्की दिइको पत्ता लागेको छ । अन्य अनुसन्धान भइरहेको छ । विक्रम चेन्नाइको बेसेन्ट नगरमा बस्दै आएका छन् ।

यसरी फोनबाट धम्की पाउने उनी पहिलो अभिनेता भने होइनन् । उनीभन्दा अगाडि फोनबाट यस्तै धम्की कलाकार विजय विजय, अजित, सुर्या, विजयकान्त र रजनीकान्तलाई पनि मिलेको थियो । कामको कुरा गर्ने हो भने चियान विक्रम पछिल्लो समय फिल्म ‘कदरम कोन्डन’ मा देखिएका थिए । अहिले भने उनी अजय ज्ञानमुथुको निर्देशन रहने फिल्म ‘कोबरा’ सुटिङको पर्खाइमा रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस