
१६ मंसिर, काठमाडौं । बाजेको सेकुवाको नयाँ शाखा काठमाडौंको बाफलमा खुलेको छ । सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको सेकुवाले आफ्नो १३ औं शाखाको रुपमा बाफलमा नयाँ कर्नर सञ्चालनमा ल्याएको हो । राजधानीका अधिकांस स्थानहरुमा फ्राञ्चाइज रेस्टुरेण्ट सञ्चालन ल्याइसकेको बाजेको सेकुवाले काठमाडौं परिश्चम भेगका उपभोक्तारुमा समेत सुविधा पु¥याउने उद्देश्यले बाफलमा आफ्नो १३ औं आटलेट सञ्चालनमा ल्याएको बताएको छ ।
बाजेको सेकुवा ब्रान्डमा रेस्टुरेण्ट सञ्चालन गर्न इच्छुक लगानीकर्ताको पहिचान र फ्राञ्चाइज सम्झौता गर्ने काम बाजेको भेन्चर प्रा.लि.ले गर्दै आएको छ । यो कम्पनीले कुनै पनि शहरमा रेस्टुरेण्ट सञ्चालनमा ल्याउनु अघि स्थानीय बजारमा उपभोक्ताको खर्च गर्ने प्रवृत्ति, स्थानीय रेस्टुरेण्ट सञ्चालनको सम्भाव्यता अध्ययन गरेर सम्भावना रहेको ठाउँमा मात्र फ्राञ्चाइज विस्तारलाई प्राथमिकतामा पार्ने गरेको छ ।
मुख्य व्यापारिक सहरमा बढ्दो उपभोग र बजार मागलाई लक्षित गरी बाजेको भेन्चर प्रा. लि.लेफ्राञ्चाइज मोडलमा रेस्टुरेन्ट सञ्जाल विस्तारलाई अगाडी बढाइरहेको छ । नेपालगन्ज, वीरगन्ज, धनगढी, विर्तामोड, हेटौंडा, बनेपा–धुलिखेल र नेपाल बाहिर अमेरिकामा समेत आफ्नो सञ्जाल विस्तार गरिसकेको कम्पनीले थप केही वर्ष भित्र अस्ट्रेलिया, जापान, मलेसीया र बेलायतमा समेत सञ्जाल विस्तार गर्ने योजना बनाएको छ । उपत्यका बाहिर पोखरा र बुटवलमा फ्रान्चाइज मोडेलमा रेस्टुरेन्ट सञ्चालन भइरहेकोछ भने अमेरिकाको न्युयोर्क र डालासमा पनि बाजेकोसेकुवा ‘द हिमालयनग्रिल’का रुपमा फ्राञ्चाइज सञ्चालनमा छन् ।
दक्ष युवाहरुलाई उद्यमी बन्न पे्ररीत गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको कमपनीले बाफल स्थित बाजेको सेकुवाको फ्राञ्चाइज राम शरण डङ्गोल, प्रशान्त गीरी, पविन थापा लगायतलाई दिएको हो । उक्त फ्राञ्चाइजमा प्रत्यक्ष रुपमा २५ जनाले रोजगारी पाएका छन् । काठमाडौं उपत्यकाको सिनामङ्गलबाट चार दशकअघि सुरुभएको बाजेको सेकुवा रेस्टुरेण्ट अन्तर्गत अहिले उत्यकाबाहिर दुई वटा, उपत्यका भित्र ९ ओटा र अमेरिकामा २ ओटा गरी हाल १३ ओटा आउटलेटहरु सञ्चालनमा छन् ।