
१६ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४०९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस