समाचार

राजतन्त्र पुनःस्थापनाको माग प्रतिगामी, सफल हुँदैनन् : प्रवक्ता श्रेष्ठ

Narayan Kaji

१६ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जनताको आन्दोलनबाट स्थापित यवस्था भएकाले प्रतिगामीले पुनः सफलता पाउने स्थिति नरहेको बताएका छन् ।

नेकपाको आजको सचिवालय बैठकबाट बाहिरिने क्रममा प्रश्नमा प्रवक्ताले श्रेष्ठले गणतान्त्रिक व्यवस्थाका कार्यान्वयनका विविध पक्षमा कमजोरी भएमा समीक्षा गर्न सकिने तर राजतन्त्र पुनःस्थापनाको माग प्रतिगामी हुने प्रतिक्रिया दिएका हुन् ।

पछिल्लो समयमा केही समूहले राजतन्त्रका पक्षमा आवाज उठाएको सन्दर्भमा नेता श्रेष्ठले त्यसको कुनै सान्दर्भिकता नरहेको समेत जनाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *