समाचार

प्रहरी सहायक निरीक्षकको हृदयघातबाट मृत्यु

bead body tag

१६ मंसिर, सोलुखुम्बु । ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको हृदयघातको कारण मृत्यु भएको छ । केरुङ प्रहरी चौकी विमानस्थल सुरक्षा गार्ड फाप्लुमा कार्यरत ५० वर्षीय चित्रबहादुर गुरुङको सोमबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङका अनुसार अचानक बेहोस भएका गुरुङलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ स्थायी ठेगाना भई हाल धरान १५ बस्दै आएका गुरुङको शव परीक्षणपछि आज आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस