
१७ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा साइकल लेनको अभाव भइरहेका बेला काठमाडौं र ललितपुर दुई ठूला महानगरपालिकाले साइकल लेनको अवधारणा कार्यान्वयनको तयारी थालेका छन् ।
सहरी सौन्दर्यको प्रतीकका रूपमा साइकल लेन निर्माण गर्ने योजनामा दुई महानगरपालिका जुटेका हुन् । दुवै महानगरपालिकाले उपत्यकाभित्र निर्माण भइरहेका सडकमा साइकल लेन निर्माण गर्न समेत उपत्यकाका अन्य नगरपालिकालाई आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने तयारी गरेको छ । हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागिएको छ ।
ललितपुर महानगरपालिकाले भने गोदावरीदेखि शिवपुरीसम्मको ४० किलोमिटरको लामो दूरीमा साइकल लेन निर्माण गर्ने प्रस्ताव अगाडि सारेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस