
१७ मंसिर, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।
अहिले देशको पहाडी भूभागका केही स्थाहरूमा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो बागमती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस