विश्व/प्रवास

अमेरिकी महान्यायाधीवक्ताले भने–चुनावमा धाँधलीको कुनै प्रमाण फेला परेन

attorney general

१७ मंसिर, काठमाडौं । अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अनुसार सन् २०२० को चुनावमा धाँधलीको कुनै पनि प्रकारको प्रमाण फेला नपरेको बताएका छन् ।

अटोर्नी जनरलले भने, ‘अहिलेसम्म हामीले त्यो स्तरको धाँधलीको कुनै प्रमाण भेटेका छैनौं जसले चुनावी नतिजा प्रभावित भएको होस् । ’

विलियम बारको यो बयान ट्रम्पका लागि गहिरो झट्का हो जसले अहिलेसम्म हार स्विकार गरेका छैनन् । ट्रम्प र उनका प्रतिनिधिले  ती राज्यमा चुनावी नतिजालाई अदालतमा चुनौती दिएका थिए जहाँ उनले हारको सामना गर्नुपरेको थियो ।

अब यी राज्यले जो बाइडेनको जित र सर्टिफिकेट दिन सुरु गरिसकेको छ । तीन नोभेम्बरमा भएको मतदानपछि नै ट्रम्पले लगातार अप्रमाणिक दाबी गरिरहेका छन् र चुनावमा व्यापक रुपमा धाँधली भइरहेको आरोप लगाइरहेका छन् । ट्रम्पको लिगल टिमले बाइडेनको जीतमा अन्तर्राष्ट्रिय षड्यन्त्र भएको दाबी गर्र्दै आएको छ ।

विलियम बारले समाचार एजेन्सी एपीसँग मंगलबार भने, ‘एउटा दाबी यो पनि हो कि धांधली सुनियोजित तरिकाले भएको छ र चुनावी नतिजा फेरिएको छ । ब्यालेट मेसिन ह्याक गरिएको दाबी पनि गरियो जसका कारण बाइडेनले थप भोट पाए । डिपार्टमेन्ट अफ जस्टिस र डिपार्टमेन्ट अफ होमल्लयाण्ड सिक्योरिटीले यी दाबीको अनुसन्धान गर्यो र हामीले यसको कुनै ठोस् प्रमाण भेटेन ।’

अटोर्नी जनरलको यो बयानमा ट्रम्प अभियानका वकिल रुडी जुलियानी र जेना एलिसले संयुक्त बयान जारी गर्दै भने, ‘अटोर्नी जनरल प्रति पूरा सम्मानसहित भन्न चाहन्छु कि उनको बयान कुनै जानकारी वा अनुसन्धान र सुनिश्चित धाँधलीको प्रमाण नहेरिकनै दिइएको थाहा हुन्छ ।’

अटोर्नी जनरलको यो बयानपछि डोनल्ड ट्रम्पका प्रतिनिधिमा बचेको आशा समाप्त भएको छ । ट्रम्पलाई लाग्थ्यो कि फेडरल अनुसन्धानकर्ताले उनको कुर्सी बचाउनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस