समाचार

फिदिममा पिकअप दुर्घटना, एकको मृत्यु, दुई गम्भीर घाइते

road accident

१७ मंसिर, पाँचथर । मेची राजमार्गअन्र्तगत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएका धरान उपमहानगरपालिका–१ का पर्वत गुरुङ र झापा गरामुनि–१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।

स्वच्छन्द कन्काई निर्माण सेवाको बा१९च ५७३६ नंको डबल क्याप पिकअप फिदिमबाट जोरसाल जाने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *