
१७ मंसिर, कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सोमबार सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका –७ देवरियाकी ७४ वर्षिया महिलाको मृत्यु भएको हो ।
उनलाई फोक्सोको समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा मंसिर ५ गते भर्ना गरी उपचार भइरहेको र कोरोना परीक्षण गर्दा ८ गते कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरी अछामका २, बैतडीका १, बझाङ्गका ३, बाजुराका २, डडेल्धुराका ३, दार्चुलाका २, डोटीका १, कैलालीका १९, कंचनपुरका ५ जना कोरोनासंक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस