समाचार

पशुपती क्षेत्रको आधुनिक शवदाह गृह सञ्चालनमा, १ घण्टा १५ मिनेटमै शव जलिसक्ने

sabdaha griha

१७ मंसिर, काठमाडौं । पशुपती क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ ।

एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदुशणरहित शवदाह गृह आज (बुधबार) देखि सञ्चालनमा आएको हो । बैंकले एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पुशपती क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।

यससँगै आजैदेखि उक्त शवदाह गृहलाई सञ्चालनमा ल्याइएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदुषणलाई पनि कमगर्ने भएकाले आधुनिक शवदाह गृह पशुपती क्षेत्रका लागि महत्त्वपूर्ण हुने बताए ।

आधुनिक शवदाह गृहले हिन्दुहरुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतक करिब ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरिएको बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताए । एउटा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस