
१७ मंसिर, काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओ आज बुधबार मंसिर १७ गतेदेखि बिक्री खुल्ला भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ जारी गरेको हो । चन्द्रागिरी हिल्सले १ सय अंकित मूल्यमा ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
चन्द्रागिरी हिल्सको आइपीओ आज बुधबार मंसिर १७ गतेदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ जारी गरेको हो । चन्द्रागिरी हिल्सले १ सय अंकित मूल्यमा ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
कम्पनीले जारी गर्न लागेको उक्त आइपीओमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन । सो समयमा आइपीओ बिक्री नभएमा पुस १६ गतेसम्म आइपीओ बिक्री हुने कम्पनीले जनाएको छ । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउनेछन ।