राजनीति

दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक सर्‍यो

nekapa meeting

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक निर्धारित समय भन्दा एक घण्टा पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी हुन सहमत भएसँगै उनको चाहनाअनुसार बैठक बुधबार दिउँसो २ बजेमलाई सारिएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार पार्टी महासचिव समेत रहेका अर्थ मन्त्री विष्णु पौडेलले एक घण्टा सयम मागेका लागि बैठक सारिएको हो । प्रवक्ता श्रेष्ठले भने, ‘महासचिव पनि बैठकमा आउने कुरा थियो । तर उहाँले विशेष काम परेकाले एक घण्टा समय माग्नु भयो । हामीले उहाँका लागि बैठक २ बजेका लागि सारेका छौँ ।’

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले केही समय बैठक नराख्न गरेको आग्रहका बाबजुद सचिवालय बैठक बस्न लागेको हो । सो बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस