
१७ मंसिर, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई निलम्बन गरेको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको हो। एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई हिजो निलम्बन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए ।
यस्तै प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई पनि निलम्बन गरेको छ । उनले निलम्बन गरेर छानविन थालिएको पनि जानकारी दिए । उनले भने ‘छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति बनेको छ ।’
प्रतिक्रिया दिनुहोस