समाचार

तत्काल विशेष अधिवेशन बोलाऔंः महत

Prakash Sharan Mahat

१७ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले जनताको समस्यालाई राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसद्लाई बन्द गरिराख्न नहुने भएकाले तत्काल विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतले देशभित्र उठेका प्रश्नको जवाफ दिन सरकारले संसद्को विशेष अधिवेशन बोलाउन आवश्यक रहेको बताए ।

उनले कोरोना सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारले खेलेको भूमिकाबारे प्रश्न उठिरहेको र जनता थप मारमा पर्दै आएको जनाउँदै अब बाध्य भएर पार्टीले सडक सङ्घर्षमा उत्रिने तयारी गरेको पनि बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस