बैँक / वित्त

एभरेष्ट बैंद्वारा पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना

EBL pashupatinath

१७ मंसिर, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको छ । यस शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ जस्ले वातावरणमा पुग्नु अघी सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटायी प्रदूषण नियन्त्रण गर्न मद्धत गर्नेछ ।

सो शवदाह गृह माननीय संस्कृति, पर्यटन तथा नागरिक उद्दयनमन्त्री योगेशकुमार भट्टराईको  प्रमुख आतिथ्यमा, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिक्रित जिके नेगीद्वारा पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई अन्य प्रमुख अतिथीहरुको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।

एभरेष्ट बैंकले सधैं आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको छ र यसको सीएसआर गतिविधिहरू अन्तर्गत जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस