समाचार

सवारी ज्यान मुद्दाका फरार आरोपी १५ वर्षपछि पक्राउ

arrest

१७ मंसिर, काठमाडौं । सवारी ज्यान मुद्दाका फरार आरोपी १५ बर्ष पछि पक्राउ परेका छन् । सवारी ज्यान मुद्दाका फरार मोरङ ग्रामथान–२ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

२०६२ साल मंसिर १९ गते सरदारले चलाएको कस्तुरी उच्च माध्यामिक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्बरको बस सुनसरी मधेशा–४ राजमार्गमा दुर्घटना हुदा बसमा सवार रहेकी छात्रा १८ बर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको थियो ।

बस दुर्घटना पश्चात फरार रहेका सरदारलाइ हिजो पक्राउ गरी उनि उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *