बैँक / वित्त

महालक्ष्मी विकास बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा

mahalaxmi visa card

१७ मंसिर, काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।

भिसा कन्ट्याक्टलेस कार्ड निअर फिल्ड कम्युनिकेसनमा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पीओएस टर्मिनलबाट रकम भुक्तानी गर्न सकिन्छ ।

महालक्ष्मी विकास बैंक भिसा कन्ट्याक्टलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो ।

यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग अनुभव दिन खोजेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस