अर्थनीति

कर्णाली प्रदेशमा भेन्टिलेटर र सुरक्षा सामग्री वितरण, दोस्रो चरणको देशव्यापी वितरण कार्य सम्पन्न

2 handover in ministry at Ramsahpath

१७ मंसिर, काठमाडौं । कोका-कोला र नेपाल रेडक्रस सोसाइटी नेरेसोको साझेदारीअन्तरर्गत कोभिड–१९को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोभिड विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत, बिरेन्द्रनगर, रक्तसञ्चार केन्द्र र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण आज विरेन्द्रनगरमा सम्पन्न भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसर काठमाडौँबाट मंसीर पहिलो हप्ता सुरु गरेका यो दोस्रो चरणको वितरण अभियान अभियान आजै समापन भएको छ ।

कर्णाली प्रदेश मुख्यालयमा हस्तान्तरण गरिएका सामग्रीमा रु। १६ लाख ३२ हजार आठसय पचास मूल्यको आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै  ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोशाक, केएन ९५ मास्क २०० थान र  २५ थान सुरक्षा चस्मा रहेका छन् । ती सामग्रीहरुको जम्मा मूल्य १९ लाख ६५ हजार दुई सय रहेको छ  ।

1 Karnali Pro. Chief minister Shahi in programआज नेरेसो र कोका-कोलाबाट उपलब्ध गराईएको सामग्रीहरु  कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्र बहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेल, नेरेसोका केन्द्रीय कार्यबाहक अध्यक्ष शर्मिला कार्की, कोषाध्यक्ष सिताराम कोईराला, केन्द्रीय सदस्य खेमराज केसी, प्रदेश समिति अध्यक्ष भेष बहादुर थापा, सञ्चार बिभागका निर्देशक दिब्यराज पौडेल, स्वास्थ्य सेवा बिभागका उप निर्देशक शिवराम गौतम लगायतको समुपस्थितिमा नेरेसो सुर्खेत शाखाका सभापति रामलाल आचार्यले  अस्पताल निर्देशक डा. डम्बर खड्का र अस्पताल विकास समितिका अध्यक्ष श्यामलाल कंडेललाई एक कार्यक्रमका बिच हस्तान्तरण गरे ।

यसअघि हिजो नेपालगञ्जमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ र नेरेसोका महामन्त्री पिताम्बर अर्यालको उपस्थितिमा भेरी अञ्चल अस्पतालमा सामग्री वितरण गरिएको थियो । त्यस्तै सुदुर पश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्ट र महामन्त्री पिताम्बर अर्यालको उपस्थितिमा आइतबार धनगढीमा सेती प्राविधिक अस्पताललाई सामग्री हस्तान्तरण गरिएको वितरण अभियानमा संलग्न नेरेसोका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । उनले भने, ‘सरकारको सहयोगी भूमिकालाई  रेडक्रसले साझेदारीमार्फत् देशभर सबल बनाउँदै छ ।’

3 Program at Dhangadi, chief minister Trilochan Bhatta is speakingभरतपुर अस्पताल, चितवन, कोशी अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, कर्णाली प्रदेश अस्पताल  सुर्खेत र सेती प्राविधिक अस्पताल कैलालीमा भेन्टिलेटर सहित शुरक्षा सामग्री हस्तान्तरण गरिएको दोस्रो चरणको सामग्री वितरण कार्यक्रममा नेपाल रेडक्रसबाट उच्च महत्व दिई कार्यवहाक अध्यक्ष शर्मीला कार्की, महामन्त्री पिताम्बर अर्याल, कोषाध्यक्ष सीताराम कोइराला, उपकोषाध्यक्ष होम पाठक तथा केन्द्रीय सदस्यहरुले विभिन्न स्थानमा सामग्री हस्तान्तरण अभियानमा सरिक भए ।

नेपाल रेडक्रस र कोका-कोला नेपालको यो साझेदारी केन्द्रीय स्तरमा मात्र नभई प्रदेश र जिल्ला तहमा पुग्न पाएकोमा खुशी व्यक्त गर्दै  नेपाल रेडक्रसका केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले संस्थालाई सुदृढ बनाउन र सरकार सँगसँगै हातेमालो गरी कार्यक्रम गर्न प्रतिबद्ध रहेको बताइन् ।

नेपाल रेडक्रस र कोकाकोलाको साझेदारीमा हस्तान्तरण गरिएका  सामग्रीहरूको कूल मूल्य १ करोड ५७ लाख सात ७ सय ७० रहेको छ । साझेदारीअन्तर्गत नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका ४०० प्राविधिकहरू र स्वास्थ्य कर्मचारीहरू, २४७ एम्बुलेन्स चालकहरू पनि यो लाभान्वित भएका सञ्चार निर्देशक पौडेलले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस