१७ मंसिर, काठमाडौं । टिकटकमा लैङ्गिकता, फरक क्षमता, महिला तथा बाल अधिकार लगायतका संवेदनशिल विषयमा भिडियो बनाउनेलाई कारबाही अघि बढाएको छ ।
प्रहरी प्रधान कार्यालय अन्तर्गतकाे साइबर ब्यूरोले त्यस्ता संवेदनशिल विषयमा ख्यालै नगरी भिडियोहरु बनाएको भन्दै कारबाही गरेको हो । यस्ता भिडियो बनाउने र प्रसारण भएकाे पाइएपछि ब्यूराेले अध्ययन प्रक्रिया अघि बढाएको थियो । त्यसका आधारमा कतिपयलाई कारबाही समेत भइसकेको उल्लेख गरिएकाे छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै साइबर ब्युरोले टिकटकका अतिरिक्त फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा अशोभनीय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्वीर, श्रव्यदृष्य, वार्तालाप, लेखन लगायतका सामग्री प्रकाशन, प्रसारण गर्नु विद्युतीय कारोबार ऐन, २०६३ लगायतका प्रचलित कानूनहरु विपरीत भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस