१७ मंसिर, काठमाडौं । टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा एचफाइभ (H5)गाडीमा विभिन्न अफर सहितको ‘एचफाइभ वन डे वन्डर, इट्स नाउ ओर नेभर’ नामक एकदिने बृहत कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम यहि मंसिर २१ गते (आइतबार) टाटा मोटर्स थापाथली शोरुममा हुने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत उक्त दिन टाटाको ‘एचफाइव’ गाडी बुकिङ तथा प्रि-बुकिङ गर्ने ग्राहकहरुलाई टाटाको तर्फबाट भारी छुट सहित बोनस तथा आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले बताएको छ । त्यस दिन ‘एचफाइव’ बुकिङ गर्ने ग्राहकहरुले ३ लाख ५० हजारसम्मको नगद छुट्, प्रत्येक बुकिङमा आइ फोन ११, तथा एक लाग ५० हजारसम्मको एक्सचेञ्ज लोयल्टी बोनस र एक लाखसम्मको एक्सचेञ्ज बोनस प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै कम्पनीले जनाएअनुसार अर्लि बर्ड्स रेजिष्ट्रेसनअन्तर्गत मंसिर १९ सम्म कम्पनीद्वारा https://bit.ly/H5Offer लिंकमा गएर अनलाइनमार्फत प्रि-बुकिङ गर्ने ग्राहकहरुले अझै २५ हजार थप नगद छुट र २५ हजारसम्मको थप एक्सचेञ्ज लोयल्टी प्राप्त गर्न सक्नेछन् ।