समाचार

प्रदेश नं १ मा ९२ कोरोना सङ्क्रमित थपिए

covid19 nepal

१७ मंसिर, मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ४९५ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजिटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितहरुमा झापामा २६, सुनसरीमा २१, मोरङमा २० मध्ये विराटनगरमा १३, इलाममा २०, धनकुटा र उदयपुरमा दुई÷दुई र पाँचथरमा एकजना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २७ हजार ५३३ पुगेको छ ।

प्रदेशमा आज ५० जना सङ्क्रमितहरु होम आइसोलेसन र विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुने सङ्क्रमितहरुमा होम आइसोलेसनबाट ४३, मेची अस्पतालबाट ६ र विराट मेडिकल कलेजबाट एकजना रहेका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २२ हजार ४२७ पुगेको छ । यस प्रदेशमा अहिलेसम्म एक लाख ९२ हजार ७५६ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *