विश्व/प्रवास

सोमालियाली सेनाको कारबाहीमा परी ६ लडाकु मारिए

somalia attack

१७ मंसिर, काठमाडौं । सोमालियाको मारा आद्दे क्षेत्रमा सोमालिया राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी अल शबाबमा छ जना लडाकू मारिएका सेनाका कमाण्डरले बुधबार पुष्टि गरेका छन् ।

अल शबाबका लडाकू समूह जबरजस्ती अति बढी कर उठाएको आतंकको विरोध अभियान सुरु भएपछि ती लडाकहरुको विरोधमा सैनिक कारबाही शुरु भएको सोमालिया डिभिजनका कमान्डर मोहम्मद ताहिल बिहीबार बताएका छन् ।

सेनाले ती लडाकू समूह लुक्ने ठाउँलक्षित गरी शुरु गरेको कारबाहीको क्रममा सेना र आतंककारीबीचको भएको भीषण झडपमा परी ६ जना अल शबाबका लडाकू मारिएका ताहिल बताएका छन् । सेनाले तीन जना अल शबाब लडाकूहरूलाई पक्राउ गर्नुको साथै  उनीहरूले प्रयोग गरेका अखाडाहरूलाई ध्वस्त पारेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस