समाचार

काठमाडौंमा कुकुर दर्ता नगरे कारबाही

dog clinic

१८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका कुकुर पाल्न सौखिन कुकुरधनीले अब आफ्नो कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने छ । घर पालुवा कुकुरको उचित संरक्षण नगरिएको, बटुवा वा छरछिमेकमा हैरानी गराएको र सार्वजनिक स्थलमा  मलमूत्र त्याग गराएर फोहोर गरेपछि दर्ता अभियान सुरु गर्न लागेको हो ।

महानगरले सचेतना अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो चरणमा कुकुर धनीलाई कारबाहीसमेत गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराउने कुकुरधनी उपर निगरानी बढाएको छ ।

ओमबहाल, मैजुबहाल, जयबागेश्वरी, सिफल, कालोपुल लगायतका क्षेत्रका बाटोमा कुकुरलाई शौच गराइरहेका कुकुरधनीलाई  नियन्त्रणमा लिएर यसो नगरिदिन अनुरोध गर्दै आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस