१८ मंसिर, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु १६ सयले बढेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको रु ९१ हजारमा कारोबार भएको थियो ।
त्यस्तै बिहिबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १५० कायम भएको छ ।
त्यसैगरी बिहिबार चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । प्रतितोला रु एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २०५ मा खरीदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस