
१८ मंसिर, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५५१ पुगेको छ ।
यस्तै, बिहीबार नेपालमा थप १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ भने अहिलेसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस