अर्थनीति

लगातार उकालो लागेको सेयर बजार १५.५७ अंकले घट्यो

Nepal Stok exchange

१८ मंसिर, काठमाडौं । लगातार उकालो लागेको सेयर बजार साताको अन्तिम दिन भने ब्रेक लागेको छ ।

सेयर बजार परिसूचक (नेप्से) बिहीबार १५.५७ अंकले ओरालो लागेर २०५५.४५ अंकमा रोकिएको छ । कारोबारमा सामेल भएका २ सय कम्पनीको ८ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । पुनर्बीमा कम्पनी एउटैको एक अर्बभन्दा बढीको कारोबार भएको छ । यसको १ करोड ५८ लाख ८९ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

खरिदबिक्री भएकामध्ये हाइड्रोपावर र माइक्रोफाइनान्स समूहको सूचक मात्र वृद्धि भएको छ । बाँकी सबै समूह ओरालो लागेको छ ।  जीवन बीमा समुहको सबैभन्दा बढी घटेको छ । अपर तामाकोशी हाइड्रोपावर, नेपाल सेवा लघुवित्त लगायतको भाउ सर्किट लाग्ने गरी बढेको छ । नेपाल पुनर्बीमा, नेपाल लाइफ र नेपाल टेलिकमको सबैभन्दा बढी  रकमको कारोबार भएको छ ।

पुनर्बीमा कमपनीको १ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने  नेपाल टेलिकमको ४२ करोड १८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । नेपाल लाइफ इन्सुरेन्सको ३० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस