बैँक / वित्त

सिद्धार्थ बैंकद्वारा पर्वतारोहण संघलाई १ लाख सहयोग

siddhartha bank donation

१८ मंसिर, काठमाडौं । सिद्धार्थ बैंंकले नेपाल पर्वतारोहण संघ (एनएमए) लाई एक लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले एनएमएद्वारा सञ्चालित ‘माउण्टेन डिजास्टर रिलिफ एण्ड इडिकेशन सर्पोट’ फण्डलाई उक्त रकम सहयोग गरेको हो ।

बिहीबार एक कार्यक्रमका बीच बैंकका रिलेससिप म्यानेन्जर मोहनी महर्जनले एशोसिएसनका कार्यकारी निर्देशक (सिइओ) कुलप्रसाद राईलाई सो रकम हस्तान्तरण गरिन् । बैंकले सामाजिक उत्तरदायीत्व वहन (सीएसआर) अन्तरगत उक्त रकम एशोसिएसनलाई उपलब्ध गराएको जनाएको छ ।

सहयोग रकम ग्रहण गर्दै एशोसिएसनका सिइओ राईले सो रकम पर्वातारोहणका क्रममा दुर्घनामा परेका, प्रभावित परिवार लगायत पर्वातारोहणको क्षेत्रमा काम गर्ने मजदुरहरुको शिक्षा, स्वास्थ्य लगात व्यक्तिको वृद्धि विकासमा खर्च गरिने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस