समाचार

बौद्धमा आमाछोरी मृत फेला, श्रीमान अचेत

Death Body

१८ मंसिर, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले श्रीमान् दोर्जे शेर्पा भने अचेतवस्थामा फेला परेको जानकारी दिए । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको बताइएको छ । राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको आशङ्का छ । तिनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ।

किराना पसल सञ्चालन गर्दै आएका उनीहरुको कोठामा बोलाउन जाँदा नखोलेपछि ग्राहकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार झ्यालढोका सबै बन्द थिए । क्वाइलवाला र इलेक्ट्रिकल हिटर बालेर सो परिवार सुतेको फेला परेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *