
१८ मंसिर, काठमाडौं । माछापुच्छ्र्रे बैंक र एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यद्धारा सञ्चालित उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा एसोसिएशन अफ प्रि–स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष बद्री प्रसाद दाहाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख, सुभाष जमरकट्टेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात एसोसिएशन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यहरुद्वारा संचालित उद्यमीहरुलाई माछापुच्छ्रे बैंकले न्यूनतम रु. १ लाख देखि अधिकतम रु. १५ लाखसम्मको सहुलियत कर्जा उपलब्ध गराउने छ ।
साना व्यवसायीहरुको मनोबल बृद्धि गरि स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड १९ ले सिर्जित विषम परिस्थितीका कारण विगत लामो समयदेखि बन्द रहेका स्कुल तथा अन्य व्यवसायहरु विस्तारै खुल्दै जान थालेको अवस्थामा व्यवसायहरुलाई पुर्नजिवन प्रदान गर्न उद्देश्यले माछापुच्छ्रे बैंकले उक्त सम्झौता गरेको हो ।