समाचार

भेरी अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

covid 19 dead body

१८ मंसिर, बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–२ बाँके निवासी ७४ वर्षिय वृद्धको उपचारकै क्रममा आज बिहान मृत्यु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार यही मङ्सिर ६ गते अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो । रोगको प्रकृतिअनुसार सबै उपचार विधि अपनाउँदासमेत स्वास्थ्यमा सुधार नभई मृत्यु भएको हो ।

योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेमा ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस