अर्थनीति

ठूला र महत्त्वपूर्ण आयोजनामा साना समस्यालाई नहेरी काम गर्न मन्त्रीको निर्देशन

basanta nembang

१८ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले ठूला र महत्त्वपूर्ण आयोजनामा साना समस्यालाई नहेरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयमा बिहीबार भएको प्रथम चौमासिकको प्रगति समीक्षा तथा विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री नेम्बाङ्गले साना समस्यामा अल्झिएर बसे विकास निर्माण नै हुन नसक्ने बताए ।

आयोजना क्षेत्र तथा प्रभावित क्षेत्रमा देखिने सबै समस्या सल्टाएर निर्माण थाल्ने हो भने कम्तिमा आठ वर्ष पछि आयोजना बन्ने भन्दै साना समस्यामा नअल्झन मातहतका निकायहरुलाई निर्देशन दिए । भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुन र खर्चको अपेक्षा गरिनु पनि स्वभाविक भएको बताए ।

समीक्षा बैठकमा आयोजना प्रमुखहरुले स्थानीय स्तरमा प्रभावित क्षेत्रका जनता र उपभोक्तालाई समितिहरुले विभिन्न मागहरु राखी काम गर्न असहज बनाएको गुनासो गरेका थिए । सरकारले अनुकुल वातावरण भएका राष्ट्रिय गौरवका आयोजना तथा प्राथमिकता प्राप्त आयोजनामा पनि उल्लेख्य प्रगति गर्न नसकेको आलोचना खेप्दै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस