
१८ मंसिर, काठमाडौं । बाँकेको कोहलपुरमा सशस्त्र प्रहरी बलले क्षेत्रीय स्कुल सञ्चालनमा ल्याएको छ । बिहीबार कोहलपुरमा सञ्चालनमा ल्याइएको नेपाल एपीएफ स्कुलको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा बोल्दै उनले राजधानी बाहिर विद्यालय सञ्चालन गरिँदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानीय नागरिकका सन्ततीको गुणस्तरीय शिक्षादीक्षामा योगदान पुग्ने बताए ।
उनका अनुसार प्रदेशस्तरमा विद्यालय विस्तार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी विद्यालय सञ्चालनमा ल्याइएको हाे ।
सो विद्यालयमा यसै शैक्षिक सत्रदेखि अनलाइन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ विद्यार्थीलाई अनलाइन माध्यमबाट कक्षा सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस